फेरि देखिन थाल्यो सुदूरपश्चिममा कोरोना संक्रमण

फेरि देखिन थाल्यो सुदूरपश्चिममा कोरोना संक्रमण

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ।

कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको हो। 

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। पछिल्लो २४ घण्टामा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। 

कोरोना भाइरसको समस्या देखिए यता हालसम्म सुदूरपश्चिममा ६ लाख ३९ हजार चार सय ८८ को नमुना परीक्षण भइसकेको छ। यी मध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२ चैत, २०७९, ११:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।