सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : साताको चौथो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ।

मंगलबार तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले बुधबार तेजाबी सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ तोक्दा चाँदी १ हजार ३ सय रुपैयाँ तोलामा कारोबार हुनेछ।

चैत १, २०७९ बुधबार १०:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।