यौन दुर्व्यवहारमा पर्नेमा नेपाल कर्मश क्याम्पसका छात्राहरू, तर छात्रहरूको मात्र बयान लिएर फर्कियो छानबिन समिति

यौन दुर्व्यवहारमा पर्नेमा नेपाल कर्मश क्याम्पसका छात्राहरू, तर छात्रहरूको मात्र बयान लिएर फर्कियो छानबिन समिति

काठमाडौं : नेपाल कर्मश क्याम्पसका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका महेन्द्र अर्याल माथिको छानबिन अपूरो भएको भन्दै छानबिन समितिले बुझाएको प्रतिवेदन शिक्षाध्यक्ष शिव भुसालले फिर्ता पठाइदिएका छन्।

माघ १३ गते शैक्षिक भ्रमण गएको बेला उपप्राध्यापक महेन्द्र अर्यालले छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै क्याम्पस प्रशासनमा उजुरी परेको थियो।

विद्यार्थीले उपप्राध्यापक अर्याललाई क्याम्पस हाता भित्र प्रवेश गर्न दिन नहुने माग राखेपछि क्याम्पस प्रशासनले विद्यार्थीको माग बमोजिम कारबाही गर्न नसक्ने भएपछि त्रिवि केन्द्रीय कार्यालय पठाएको थियो।

‘बीबीएम कार्यक्रम निर्देशक आस्था कार्कीले आफूहरूसँग विद्यार्थीहरूले यो घटना बिर्सन चाहेको भनेका कारण विद्यार्थीको बयान लिन आवश्यक नरहेको बताएपछि केही छात्रसँग अनौपचारिक कुराकानी गरेर फर्केका हौं।’

यसका लागि त्रिवि रेक्टर कार्यलयले त्रिवि अनुगमन विभागका सहायक प्रमुख विष्णु वाग्लेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

सो समितिले २१ गते बुझाएको प्रतिवेदन अपूरो लागेपछि शिक्षाध्यक्षले फिर्ता पठाइदिएका हुन्। 

शैक्षिक भ्रमणमा गएका सबै विद्यार्थी र अर्का शिक्षकको समेत बयान लिनुपर्ने देखिएपछि केही हप्ता समय लिएर पुनः छानबिन गर्न आफूले आग्रह गरेको भुसालले बताए।

‘मैले अध्ययन गर्दा प्रतिवेदन अपूरो लाग्यो। पुनः एकपटक छुटेका केही शिक्षक तथा विद्यार्थीसँग कुराकानी गर्न भनेको छु,’ उनले भने, ‘उहाँहरूले बाँकी काम गरेपछि के कारबाही हुने टुंगो लाग्छ।’

के थियो प्रतिवेदनमा? 

छानबिन समितिका संयोजक विष्णु वाग्लेले केही छात्रहरू र आरोपी शिक्षक महेन्द्र अर्यालसँग कुराकानी गरे पनि विद्यार्थी छात्राहरूसँग भने कुराकानी नगरेको बताए।

‘हामी अनुसन्धानको लागि नेपाल कर्मश क्याम्पस गएका थियौं,’ उनले भने, ‘बीबीएम कार्यक्रम निर्देशक आस्था कार्कीले आफूहरूसँग विद्यार्थीहरूले यो घटना बिर्सन चाहेको भनेका कारण विद्यार्थीको बयान लिन आवश्यक नरहेको बताएपछि केही छात्रसँग अनौपचारिक कुराकानी गरेर फर्केका हौं।’

दुर्व्यवहारमा पर्ने छात्राहरू, छात्रसँग सोधपुछ गरेर हुन्छ त भन्ने उकेराको प्रश्नमा वाग्लेले छात्राहरूले बिर्सन चाहेको भनेपछि सोधिरहन जरुरी नठानेको बताए। प्रतिवेदन फिर्ता भएपछि भने शिक्षाध्यक्षले भने बमोजिम काम गरिने उनले जानकारी दिए।

अर्यालमाथि मदिरा पिएर छात्रालाई जबर्जस्ती संवेदनशील अङ्गतिर हेर्दै ‘हटी पाइ’ भन्दै दुर्व्यवहार गरेको र जबर्जस्ती चुरोट खुवाउन खोजेको लगायतको आरोप लागेको थियो।

यसपछि नेपाल कर्मश क्याम्पस बीबीएम कार्यक्रमकी निर्देशक आस्था कार्कीलाई उकेराले तपाईंले किन छानबिन समितिलाई विद्यार्थीसँग सोधपुछ गर्न नदिनु भएको भन्ने प्रश्न गरेको थियो।

जवाफमा उनले भनिन्, ‘म त्यतिबेला बाहिर थिएँ। पछि आउँदा सर केही छात्रहरूसँग कुराकानी गरिरहनु भएको थियो। मेरो कक्षा थियो। मैले छात्राहरूले बिर्सन चाहेका छौं भनेका छन् मात्र भनेको हो। उहाँहरूलाई छात्राहरूसँग कुराकानी नगर्नुस् भनेकै छैन। मलाई गलत आरोप लगाइयो।’

नेपाल कर्मश क्याम्पसबाट माघ १३ गतेको शैक्षिक भ्रमणमा ३७ जना विद्यार्थी, दुई जना शिक्षक, दुई जना अपरेटर र बस स्टाफ २ जना गरि ४३ जना सहभागी थिए।

अर्यालमाथि मदिरा पिएर छात्रालाई जबर्जस्ती संवेदनशील अङ्गतिर हेर्दै ‘हटी पाइ’ भन्दै दुर्व्यवहार गरेको र जबर्जस्ती चुरोट खुवाउन खोजेको लगायतको आरोप लागेको थियो।

यो पनि

यौन दुर्व्यवहारका आरोपी प्राध्यापक अर्यालबारे त्रिविले छानबिन थाल्यो, प्रहरीमा उजुरी परेन

शैक्षिक भ्रमणमा गएका कमर्स क्याम्पसका छात्राहरूलाई ‘हटी पाइ’ भन्दै उप-प्राध्यापकले गरे यौन दुर्व्यवहार, ३६ विद्यार्थीको उजुरी

नेपाल कर्मश क्याम्पसको यौन दुर्व्यवहारको घटना प्रहरी कार्यालय पुग्दा 'दबाबमा मिलापत्र', जोगाउने बहाना खोज्दै त्रिवि

२९ फागुन, २०७९, १३:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।