वडा कार्यालयको सूचना– बिहेअघि अनुमतिपत्र लिनू, दर्ता गर्न आउँदा अनिवार्य ल्याउनू

वडा कार्यालयको सूचना– बिहेअघि अनुमतिपत्र लिनू, दर्ता गर्न आउँदा अनिवार्य ल्याउनू

काठमाडौं : दैलेखको गुराँस गाउँपालिकास्थित एक वडा कार्यालयले विवाह गर्नुपूर्व अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ।

फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुअघि वडा कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने निर्णय गरेको हो।

वडाभित्र कानूनविपरीत हुने बालविवाह रोक्नका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष दिपेन्द्र ओलीले जानकारी दिए।

साथै ३५ दिनभित्र गर्नुपने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले दिएको अनुमतिपत्र अनिवार्य रुपमा लिएर आउनसमेत कार्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ।

 

२४ फागुन, २०७९, १०:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।