सभामुखले सारे प्रतिनिधिसभा बैठक, अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्र बस्ने

सभामुखले सारे प्रतिनिधिसभा बैठक, अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्र बस्ने

काठमाडौं : सभामुख देवराज घिमिरेले बुधबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक सारेका छन्।

दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गर्दै सभामुख घिमिरेले चैत ५ गते दिउँसो १ बजेका लागि बैठक तोकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने चर्चा चलिरहँदा सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक सारेका हुन्।

अब राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचन पछि मात्रै प्रतिनिधिसभाको बैठक बस्नेछ। राष्ट्रपति निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ।

१७ फागुन, २०७९, ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।