लघुवित्त संस्थाविरुद्ध सुर्खेतमा आन्दोलन

लघुवित्त संस्थाविरुद्ध सुर्खेतमा आन्दोलन

सुर्खेत : लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै मंगलबार सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ।

लघुवित्त संस्थाहरू विरूद्धको संघर्ष समितिले वीरेन्द्रनगरमा प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएको हो।

उनीहरुले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर्नुपर्ने, जस्ता माग गरेका छन्।

यस्तै आम्दानीको ठूलो हिस्सा किस्ता तिर्दै बितेको भन्दै लघुवित्तले अनावश्यक मानसिक तनाव दिएको उनीहरुले गुनासो गरे।

किस्ता उठाउने नाममा मृत्यु दर्ता गरेर आए ऋण मिनाहा गरिदिनेसम्मको आश्वासन लघुवित्तहरूले दिएको गुर्भाकोट नगरपालिकाकी मायाँ विकले बताइन्।

लघुवित्तको नाममा संस्थाहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेकाले अहिले यो अवस्था आएको संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रमेश सुनारले बताए।

उनले कर्जा लगानीको नाममा लघुवित्तहरूले गाउँ-गाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेकाले संगठन नै बनाएर आन्दोलन गर्नुपरेको उल्लेख गरे।

१६ फागुन, २०७९, २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।