इलाम केन्द्रविन्दु भएर भूकम्प

इलाम केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : इलामv केन्द्रविन्दु भएर मंगलबार विहान भूकम्प गएको छ।

विहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यो भूकम्प परकम्प नभई नयाँ भूकम्प हो।

यसअघि फागुन १ गते र १० गते क्रमशः ताप्लेजुङमा ४.८ र बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

१६ फागुन, २०७९, १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।