२०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

२०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन्।

मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताएका हुन्।

उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत् बढी हुने बताउँदै उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने प्राधिकरणको अनुमान रहेको जानकारी दिए।

नेपालको जलविद्युत् उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको बताए। निर्देशक घिसिङले सन् २०४२÷४३ सम्ममा २० हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए।

उनले पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको बताए। ११ हजार मेगावट जलविद्युत् उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावटको पीपीए भइसकेको घिसिङले जानकारी गराए।

१६ फागुन, २०७९, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।