पूर्वराजा भेटेपछि रवीन्द्र मिश्रको टिप्पणी– ज्ञानेन्द्र शाहमा मेलमिलापबाहेक अन्य भाव पाइनँ

पूर्वराजा भेटेपछि रवीन्द्र मिश्रको टिप्पणी– ज्ञानेन्द्र शाहमा मेलमिलापबाहेक अन्य भाव पाइनँ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहमा निरंकुशता नभएको टिप्पणी गरेका छन्।

करिब दुई महिनापछि मंगलबार भएको दोस्रो भेटपश्चात् उपाध्यक्ष मिश्रले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टी भए पनि पूर्वराजा शाहले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन नदिएको टिप्पणी गरेका छन्।

आफ्ना पछिल्ला दुई भेटमा शाहमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव नपाएको मिश्रले बताए।

उनले भने, ‘मेरो पछिल्ला दुई भेटमा उनमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव पाइन।’

१६ फागुन, २०७९, १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।