पोखरामा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफल

पोखरामा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफल

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

माघ २९ गते भर्ना भएका पर्वतका एक बिरामीको मुखभित्रको ५ वर्गसेन्टिमिटरको तेस्रो स्टेजको क्यान्सर शल्यक्रियाबाट हटाएर घाउमा बायाँ हातको मासु प्रत्यारोपण गरी सफलतापूर्वक सम्पन्न गरिएको प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार विरलै हुने यस प्रकारको सर्जरी अस्पतालमा कार्यरत प्लास्टिक सर्जन डा. पियुष गिरीसहितको प्लास्टिक सर्जरी टिम र म्यागिलोफेसियल सर्जन डा. नारायण शर्मा  लामिछानेसहितको दन्त चिकित्सकहरूको टोलीलले १० घण्टा लगाएर सम्पन्न गरेको हो।

शल्यक्रियापछि बिरामीको गलाको भित्री भाग पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएर फागुन ७ गते डिस्चार्ज भएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रशासनले जटिल शल्यक्रियामा सहभागी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएको छ।

फागुन १२, २०७९ शुक्रबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।