कान्तिपुर गाथा : सिक्टाको घुलनशील माटोमा घुलेको न्यायाधीशको न्यायिक मन

कान्तिपुर गाथा : सिक्टाको घुलनशील माटोमा घुलेको न्यायाधीशको न्यायिक मन

आफ्नो पत्रकारिता जीवनमा मैले भेटेका केही व्यक्तिका अनुहार मेरो आँखामा अहिले पनि गढेर रहेका छन्। ती अनुहार मेरो जीवनमा प्रतीकात्मक महत्त्वका छन्।

पश्चिम नेपालबाट घरवासको खोजीमा काठमाडौं छिरेका छविलाल रैला जैसी त्यस्तै एक प्रतिनिधि पात्र हुन्। उनीसँग मेरो भेट एकजना पत्रकार भाइले गराएका थिए।

पहिरोले घर–जग्गा र भएभरका जायजेथा सोहोरेपछि सुकुम्बासी भएका छविलाल आफ्नो र आफना परिवारका लागि नयाँ बासको खोजी गर्दै काठमाडौंमा भौँतारिइरहेका थिए। 

बाढीपहिरो, आगलागी र अरू प्रकारका आपद्–विपद्का कारण उठिबास भएका प्रजाले नारायणहिटी राजदरबारमा रहेको विशेष जाहेरी विभागमार्फत महाराजका पाउमा सभक्ति बिन्तिपत्र चढाएमा महाराजले जग्गा दिने हुकुम प्रमाङ्गी गर्ने चलन थियो।

छविलालले गाउँमा सुनेका थिए यो कुरा। उनी ठूलो आशा बोकेर जीवनमा पहिलो पटक राजधानी शहर छिरे।

मैले उनको दुःखको समाचार बनाएँ। पत्रिकामा त्यो समाचार छापियो। छविलालले भनेको वाक्य मेरो समाचारको हेडलाइन थियो- देउता देख्दैनन्, राजा बोल्दैनन्।

छविलालले काठमाडौंमा कसैलाई चिनेका थिएनन्। पत्रकार भाइमार्फत उनी मेरो सम्पर्कमा आएपछि मैले उनलाई एकजना वकिलसँग भेटाइ दिएँ।

छविलालको मनमा राजाले पक्कै पनि आफ्नो बिन्तिपत्रमा तोक लगाइदेलान् वा केही गर्लान् भन्ने विश्वास थियो। वकिलले बिन्तिपत्र लेखेर दरबारको विशेष जाहेरी विभागमा दर्ता गराइदिएपछि छविलाल खुशी भए।

तर, राजाको पाउमा चढाएको बिन्तिपत्रको महिनौँसम्म कुनै जवाफ नआएपछि उनी निराश भए। उनीसँग गाउँको पञ्चनेताको सिफारिस थिएन। 

उनले आफ्नो गाउँघर र जिल्लाका कुनै पञ्च नेतालाई चिनेका पनि थिएनन्। छविलालको बिलौनाले मलाई द्रवित तुल्यायो। 

मैले उनको दुःखको समाचार बनाएँ। पत्रिकामा त्यो समाचार छापियो। छविलालले भनेको वाक्य मेरो समाचारको हेडलाइन थियो- देउता देख्दैनन्, राजा बोल्दैनन्।

सरकारी सेनामा भर्ती हुन असफल भएपछि भजनको छोरो माओवादी सेनामा भर्ती भयो। भजनले यसको पत्तो पाइनन्। स्थानीय एक शिक्षकले दिएको जानकारीअनुसार भजनको छोरालाई शाही सेनाले आफ्नो कब्जामा लिएर मारेको थियो। 

छविलालसँग न निर्दलका राजा बोले। न बहुदलका नेता बोले। देउता बोल्ने त आशा नै थिएन।

त्यो घटनाको २० वर्षपछि टेलिभिजन कार्यक्रम ‘मत–अभिमत’ निर्माणका लागि अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन जाँदा वयलपाटाको उकालोमा भेटिएकी थिइन- भजन बोहोरा। 

उनी मेरो स्मृतिबाट कहिल्यै नहट्ने पात्रका रूपमा रहेकी छिन्। 

त्यति बेलाको शाही सेनामा भर्ती हुने आकांक्षा बोकेर नागरिकताको प्रमाणपत्र बनाउन सदरमुकाम मङ्गलसेन पुगेको आफ्नो जवान छोरो मङ्गलसेनबाटै बेपत्ता पारिएपछि मानसिक रूपले असन्तुलित भएकी थिइन् भजन।

त्यतिखेर माओवादीको आक्रमणबाट ध्वस्त भएको मङ्गलसेन सेनाको ‘कडा’ नियन्त्रणमा थियो।

सरकारी सेनामा भर्ती हुन असफल भएपछि भजनको छोरो माओवादी सेनामा भर्ती भयो। भजनले यसको पत्तो पाइनन्। स्थानीय एक शिक्षकले दिएको जानकारीअनुसार भजनको छोरालाई शाही सेनाले आफ्नो कब्जामा लिएर मारेको थियो। 

युद्धका लागि हतियारको भन्दा जोश र उत्साहको खाँचो पर्दछ भन्ने बुझेको माओवादी नेतृत्त्वले हजारौँ युवा–युवतीलाई लक्ष्य प्राप्तिका लागि समर्पित हुन सिकाएको थियो। 

स्थानीयले घटनाको जानकारी पाइसकेका थिए। तर, कसैले पनि भजनलाई यो समाचार सुनाउने आँट गरेका थिएनन्। 

समाचार सुनेर भजनको आँखाबाट बग्ने आँसुले आफैँलाई बगाउला भन्ने त्रास गुम्सिएर बसेको थियो मानिसको मनमा। 

त्यो घटनाको सम्झना मात्रैले पनि मेरो संवेदनालाई घचघच्याइ रहेको छ। अहिलेसम्म।

नेपाली समाजका अति सामान्य सदस्यहरूको जीवनसँग जोडिएका द्वन्द्वकालका यस्ता घटनाले मेरो सम्झनाको महत्त्वपूर्ण ठाउँ ओगटेका छन्।

भजनसँग पनि कोही बोलेनन्। न राजा बोले, न नेता।

देशका जनताले प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका र घरवासविहीन भएका घटना असङ्ख्य छन्। यो अस्वाभाविक होइन। पहाडमा पहिरो जानु र मैदानका खेत नदी कटानमा पर्नु सामान्य भइसक्यो।

प्राकृतिक घटनाको तुलनामा माओवादीले शुरु गरेको हिंसात्मक विद्रोह नेपालका लागि अस्वाभाविक घटना थियो। आधुनिक युद्धकलाको ज्ञानमा कमी, प्राविधिक हिसावले कमजोर र हात–हतियारमा विपन्न भए पनि विद्रोही सेनाले राष्ट्रिय सेनाको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्दै थियो। 

माओवादी सेनामा भर्तीको आह्वान गर्दै गाउँ-गाउँमा सूचना टाँसिन्थे। राजनीतिक र सामाजिकरूपले उपेक्षित देशका युवा–युवतीहरूको लर्को लाग्दथ्यो भर्तीका लागि। 

युद्धका लागि हतियारको भन्दा जोश र उत्साहको खाँचो पर्दछ भन्ने बुझेको माओवादी नेतृत्त्वले हजारौँ युवा–युवतीलाई लक्ष्य प्राप्तिका लागि समर्पित हुन सिकाएको थियो। 

उता, शाही सेनाका महारथीहरू गलल्ल हाँसेर माओवादीको ‘र्यागट्याग’ आर्मीको धज्जी उडाएरै जित्न चाहन्थे।

अन्ततः राजनीतिक दलहरूले माओवादीलाई जित्न कठिन भएको निष्कर्ष निकाले। राजा ज्ञानेन्द्रको शासन सकियो। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अगुवाइमा शान्तिवार्ता भयो। त्यसपछि, देश गणतन्त्रमय भयो।

जनआन्दोलनमार्फत प्रजातन्त्रको पुनर्स्थापनापछि कांग्रेसमा प्रवेश गर्न पूर्व पञ्चहरू मडारिन थालेका थिए। निर्दलीय राजनीतिको व्यक्तिवादी चरित्र बोकेका पूर्व पञ्चहरूले राजनीतिमा धन र सत्ताको महत्त्व बुझेका थिए।

नेपालको राजनीतिमा पहिलो मध्यावधि चुनावपछिको पूरै एक दशक राजनीतिक, सामाजिक र आर्थिक हिसावले अत्यन्त कोलाहालपूर्ण रह्यो। 

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको माध्यमबाट जनताले परिवर्तनको जुन सपना देखेका थिए त्यसलाई न राजाले, न त नेताहरूले, कहिल्यै यथार्थमा परिणत गर्ने प्रयत्न गरे।

प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको तीन दशक लामो संघर्ष नटुङ्गिँदासम्म नेपाली कांग्रेसको एक मात्र उद्देश्य र लक्ष्य प्रजातन्त्रको प्राप्ति थियो। 

जब त्यो लक्ष्य प्राप्त भयो, कांग्रेसले गति छाड्यो। सत्ताको चमक दमकले तिरमिराएका कांग्रेसीहरूको आँखाले राम्रो के हो र नराम्रो के हो ठम्याउनै सकेन।

पञ्चायतकालका अन्धकारपूर्ण दिनहरूमा प्रजातन्त्रका लागि जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने कांग्रेसका सामान्य कार्यकर्ताका लागि नेताहरूको यो व्यवहार सुपाच्य थिएन।

जनआन्दोलनमार्फत प्रजातन्त्रको पुनर्स्थापनापछि कांग्रेसमा प्रवेश गर्न पूर्व पञ्चहरू मडारिन थालेका थिए। निर्दलीय राजनीतिको व्यक्तिवादी चरित्र बोकेका पूर्व पञ्चहरूले राजनीतिमा धन र सत्ताको महत्त्व बुझेका थिए।

जनआन्दोलनको शक्तिले पुरानो व्यवस्थालाई जितेर आएका परिवर्तनकारीहरूसँग न त सत्ता चलाउन आवश्यक शिक्षा र सीप थियो, न देश विकासको आधारभूत संरचना तयार गर्न चाहिने कल्पनाशील योजना।

तीन दशकसम्म सत्ताबाहिर रहेका कांग्रेसका अधिकांश कार्यकर्ताले भाषणमा प्रजातान्त्रिक समाजवादका आदर्शको जति गफ गरे पनि उनीहरू पञ्च कार्यकर्ता र कर्मचारीहरूको ठाँटवाठ र रोब-रवाफ देखेर लोभिएका थिए। 

३० वर्षसम्म आफ्ना रहरहरू मनमा दबाएर बसेका कांग्रेसका ठाटा–वाठा कार्यकर्ताहरूको मनमा त्यो जीवनशैली पछ्याउने आकांक्षा जागृत हुनु अस्वाभाविक थिएन। 

राजनीतिक प्रभावका आधारमा वैध अवैध व्यापार गरिरहेका काठमाडौंका व्यवसायीहरू र राजनीतिलाई व्यवसाय बनाएर आफ्नो स्वार्थ सिध्द गरिरहेका पञ्चहरूले महत्वाकांक्षी कांग्रेस कार्यकर्ताहरूलाई प्रधानमन्त्री र सरकारका नेताहरूसम्म पुग्ने सिँढीका रूपमा प्रयोग गर्न थाले। 

पञ्चायत राजनीतिमा लागेका कतिपय व्यक्तिहरू नाता–गोता र पारिवारिक सम्बन्धलाई पछ्याउँदै कांग्रेस नेताहरूको नजिक पुग्न सफल भए।

जनआन्दोलनको शक्तिले पुरानो व्यवस्थालाई जितेर आएका परिवर्तनकारीहरूसँग न त सत्ता चलाउन आवश्यक शिक्षा र सीप थियो, न देश विकासको आधारभूत संरचना तयार गर्न चाहिने कल्पनाशील योजना।

यसले कांग्रेसभित्र ठूलो असन्तोष फैलिन थालेको थियो। बीपीले कुनै बेला भन्नुभएको कथन कि “पार्टी सत्तामा पुगेपछि सरकारमा सुकिला-मुकिला कार्यकर्ताहरूको हालीमुहाली बढ्ने छ र इमान्दार कांग्रेसजनले तिनका विरुद्ध लडनुपर्नेछ”सावित भयो। 

सत्ताको स्वरूप बदलिइ सकेको थियो। त्यसका विरुद्ध कांग्रेसका इमान्दार कार्यकर्ताहरूले लड्नसक्ने कुरै थिएन।

जे जति पढेलेखेका र देश दुनियाँ जानेका कांग्रेसीहरू थिए, ती कुनै न कुनै रूपमा राजाको निर्दलीय सत्तासँग जोडिइसकेका थिए। 

जो पुरानो सत्तासँग जोडिनबाट जोगिएका थिए, तिनको नाम शासनका नयाँ अधिपतिहरूको सूचीमा थिएन। 

परिवर्तनले नेपाली सत्तामा कुनै नयाँपन ल्याउन सकेन। सत्ताको निर्णायक र महत्त्वपूर्ण तहमा पुरानै राजनीतिक संस्कार, पुरानै चाल–चलन र पुरानै व्यवस्थाका भाइ–भारदार र प्रभावशाली वर्ग हावी हुँदै गएको स्पष्ट देखिन थाल्यो। 

नेपाली समाजका लागि यो कुनै अद्भूत र अनौठो कुरो थिएन। राजाप्रति वफादार रहेर पञ्चायतकालमा सरकार सञ्चालनमा अनुभव हासिल गरेका, बजेट मिलाएर सरकारी राजस्वमा चलखेल गर्न पोख्त अनुभवी व्यक्तिहरू र सरकारी कर्मचारीहरूले सरकार नाभीमा कब्जा जमाइसकेका थिए। 

यसले कांग्रेसभित्र ठूलो असन्तोष फैलिन थालेको थियो। बीपीले कुनै बेला भन्नुभएको कथन कि “पार्टी सत्तामा पुगेपछि सरकारमा सुकिला-मुकिला कार्यकर्ताहरूको हालीमुहाली बढ्ने छ र इमान्दार कांग्रेसजनले तिनका विरुद्ध लडनुपर्नेछ”सावित भयो। 

सत्ताको स्वरूप बदलिइ सकेको थियो। त्यसका विरुद्ध कांग्रेसका इमान्दार कार्यकर्ताहरूले लड्नसक्ने कुरै थिएन।

यो विद्रोहको विस्तारमा कांग्रेस पनि उत्तिकै जिम्मेवार थियो। एउटा जीवन्त राजनीतिक सँगठनका रूपमा कांग्रेसले प्रजातान्त्रिक शासनका अन्तर्वस्तुहरूलाई सक्रिय तुल्याएर नेपालका ग्रामीण जनतालाई सरकार र शासनसँग जोड्ने अभियान चलाएको भए देशले अहिलेको जस्तो दुर्गति भोग्नुपर्ने थिएन। 

कांग्रेसले जति सहज हिसावले नेपाली समाजको जीवन पद्धतिको रूपमा तल्लो तहका जनतासम्म प्रजातन्त्रको पहुँच बढाउला भन्ने सोचिएको थियो त्यो हुन सकेन। 

गिरिजा कोइरालामा रहेको सत्तामाथि एकाधिकार जमाउने आकांक्षा एक्लै उहाँमा मात्रै सीमित रहेन। यो उन्मत्त आकांक्षा उहाँका विश्वासपात्र सहयोगी र कार्यकर्तामाझ धेरै संग्रालियो। 

गिरिजाप्रसाद कोइरालाका विभिन्न संस्करणहरू विभिन्न रङ्ग र चेहरामा देखापर्न थाले। पार्टी एकता र पार्टीका मान्यताहरू विभाजित भए।

प्रजातन्त्रका लागि आवश्यक राजनीतिक सन्तुलन हराउँदै गयो। पहिले पार्टी र सरकारका बीच र त्यसपछि सरकार र प्रतिपक्षका बीच मुठभेडको अवस्था उत्पन्न भयो। 

सत्तामाथि एकाधिकार जमाउन कोइरालाले मध्यावधि चुनाव गराउनु भयो। चुनावमा कांग्रेस पराजित भयो। 

त्यसपछि गठन भएको एमालेको अल्पमत सरकारले पनि प्रतिपक्षसँग सहयोग र समन्वयको नीति लिएन। अन्ततः शेरबहादुर देउवाको प्रधानमन्त्रित्वकालमा रोपिएको थियो माओवादी विद्रोह।

यो विद्रोहको विस्तारमा कांग्रेस पनि उत्तिकै जिम्मेवार थियो। एउटा जीवन्त राजनीतिक सँगठनका रूपमा कांग्रेसले प्रजातान्त्रिक शासनका अन्तर्वस्तुहरूलाई सक्रिय तुल्याएर नेपालका ग्रामीण जनतालाई सरकार र शासनसँग जोड्ने अभियान चलाएको भए देशले अहिलेको जस्तो दुर्गति भोग्नुपर्ने थिएन। 

नेताहरूले प्रारम्भमा नै नेपाली जनतामाथि शासन गर्ने राजशी मानसिकता बोकेकाले कांग्रेसले देश विकासको एउटा अवसर त्यत्तिकै गुमायो। मध्यावधि निर्वाचनपछि देशको राजनीति सबैभन्दा विकृत अवस्थामा पुगेको थियो। सन २००१ मा शेरबहादुर देउवा नेतृत्त्वको दोस्रो निर्वाचित सरकारले माओवादीलाई वार्तामा आउन आह्वान गर्यो। 

त्यतिबेला धेरैले माओवादी समस्या अब समाधान हुने भयो भन्ने सोचेका थिए। वार्ताको वातावरण बनाउन देउवा सरकारले संसद्मा भूमिसुधार लगायत सुधारका केही कार्यक्रमको घोषणा पनि गर्यो। 

तर, कांग्रेस सरकारको कार्यक्रम साह्रै थोरै र साह्रै ढिलो थियो। कांग्रेसी कार्यकर्ताहरू सामन्तवादका विरुद्ध आफनै सामन्तवादी नेताहरूसँग लडिरहेका थिए। 

राजनीतिक परिस्थितिमा आकाश-जमीनको अन्तर आएको थियो। देउवाको आह्वानअनुसार माओवादी वार्तामा त आए, तर पहिलो चरणको वार्तामा नै उनीहरूले तीनवटा रणनीतिक कार्यसूची अघि सारे– गोलमेच सम्मेलन, अन्तरिम सरकारको गठन र संविधान सभाको चुनाव।

यो कार्यसूचीमा छलफल गर्ने साहस नै देखाउन सकेन देउवा सरकारले। कति सहुलियत दिन सकिन्छ भन्ने विचारसम्म गर्न सरकार तयार भएन। 

हाम्रो न्याय प्रणाली खलास भएको छ। देशका न्यायाधीशहरू भ्रष्टाचारको ढाकछोप गर्न घुलनशील माटोले गर्दा नहर भत्किएको तर्क दिन्छन्। यी झुटा आत्माहरूलाई विज्ञान र प्रविधिको ज्ञान छैन। माटोको स्वभाव नै पानीमा घुलनशील हुनु हो। 

देउवा सरकारले माओवादीलाई संसदीय राजनीतिको मूलधारमा आउने एकोहोरो आग्रह मात्रै गर्यो। नोभेम्बर महिनामा माओवादीले अचानक वार्ता छाडे। उनीहरूले दाङको सैनिक ब्यारेकमा आक्रमण गरेर साङ्केतिक विरोध प्रकट गरेका थिए।

अहिले कांग्रेस, एमाले, माओवादी र अरू दलहरू संसद्मा सँगै छन्। संसद्भित्रका सबै दल एक–आपसमा सहमतिको धागोमा बेरिएका छन्। 

सत्ता पक्षमा लागेका मानिसहरू भन्दछन– समय अगाडि बढिसकेको छ।

तर, होइन। समय त स्थीर छ। हिजो हामीले जहाँबाट शुरु गरेका थियौँ आज पनि हामी त्यही ठाउँमा उभिएका छौँ। न राजनीतिको चरित्र बदलिएको छ, न देशको अवस्थामा कुनै परिवर्तन आएको छ। 

हाम्रो न्याय प्रणाली खलास भएको छ। देशका न्यायाधीशहरू भ्रष्टाचारको ढाकछोप गर्न घुलनशील माटोले गर्दा नहर भत्किएको तर्क दिन्छन्। यी झुटा आत्माहरूलाई विज्ञान र प्रविधिको ज्ञान छैन। माटोको स्वभाव नै पानीमा घुलनशील हुनु हो। 

ढुंगा पानीमा गल्दैन। घुलनशील माटो र सुक्खा बालुवामा घर ठडिएका छन्। नेपालीमा एउटा उखान खूब प्रचलित छ– पैसा भनेपछि महादेवका पनि तीन नेत्र खुल्दछन्। अहिले त्यो उखान सत्य सावित भएको छ।

माटो घुलनशील नभएको भए विक्रम पाण्डेभन्दा योग्य, राष्ट्रवादी र चमत्कारी ठेकेदार को थियो? माटो आफैँ घुलनशील भएपछि विक्रमलाई दोष दिएर के हुन्छ? के भन्छन् राजनीतिका नवप्रवेशी जुझारु नेताहरू? 

यहाँ यस्तै हुन्छ। महादेवका तीन नेत्र खोल्नसक्ने मन्त्री विक्रम पाण्डे एक नम्बरका ठेकदार हुन्। यति भनिसकेपछि अरू पनि केही भन्नु पर्ला र?

यसपल्ट पनि त्यस्तै होला। राष्ट्रपति विद्यादेवीको पाइलाले निर्गमद्वार टेकिसकेका छन्। 

अहिले उनको बोली ठप्प छ। नेका, नेकपा, जसपा, लोसपा, जनमत पार्टीका नेताहरू पनि बोल्ने मूडमा देखिदैनन्। 

माटो घुलनशील नभएको भए विक्रम पाण्डेभन्दा योग्य, राष्ट्रवादी र चमत्कारी ठेकेदार को थियो? माटो आफैँ घुलनशील भएपछि विक्रमलाई दोष दिएर के हुन्छ? के भन्छन् राजनीतिका नवप्रवेशी जुझारु नेताहरू? 

उनीहरू "कठै मेरो देश" भन्दै सामाजिक सञ्जालमा भक्कानिएर रोलान् कि घुलनशील माटोको घुलनशीलताको परीक्षण गर्न सिक्टा नहर निर्माणस्थल पुग्लान?

गाथाहरू

१२ फागुन, २०७९, १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।