भारतले दियो २ सय थान मृगौला डायलिसिस मेसिन
काठमाडौं : भारत सरकारले नेपाललाई २ सय थान मृगौला डायलिसिस मेसिन प्रदान गरेको छ। नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा भारतले उक्त डायलिसिस मेसिन प्रदान गरेको हो।
सोमबार आयोजित एक कार्यक्रममा भारतीय राजदूत श्री नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई मेसिन हस्तान्तरण गरे।
राजदूत श्रीवास्तवले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए।
मन्त्री गिरीले धेरै मानिसले समयमै डायलिसिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलिसिसले धेरै हदसम्म समस्या हटाउने उल्लेख गरे।
फागुन ८, २०७९ सोमबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।