बेथिति धेरै बढेकाले पहिले स्वास्थ्य क्षेत्रमा नै शल्यक्रिया गर्नुपर्ने भएको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेथिति धेरै बढेकाले सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रमा नै शल्यक्रिया गर्नुपर्ने भएको बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको योजना रहेको बताए।
उनले सरकारी स्वास्थ्य संस्थाले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीको चुस्तदुरुस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको, मिलेमतोमा सरकारी सम्पत्तिको दुरुपयोग भएको जस्ता गुनासा आउने गरेको बताए।
उनले भने, ‘सार्वजनिक सञ्चारमाध्यममा आएका यस्ता समाचार हाम्रा लागि गम्भीर विषय हुन्, यस्ता बेथितिमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा नै शल्यक्रियाको आवश्यकता महसुस भएको छ।’
फागुन ५, २०७९ शुक्रबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।