जर्मन सरकारले दियो कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन
काठमाडौं : जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि जर्मनीका राजदुत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य मन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।
राजदुत डा. प्रिन्सले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए।
मन्त्री पदम गिरीले पनि खोप लक्षित वर्ग तथा जेष्ठ नागरिकमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
फागुन ३, २०७९ बुधबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।