कोभिडविरुद्धको ‘बाइभ्यालेन्ट’ खोप नेपाल आइपुग्यो, ‘बुस्टर डोज’का लागि प्रयोग गरिने

कोभिडविरुद्धको ‘बाइभ्यालेन्ट’ खोप नेपाल आइपुग्यो, ‘बुस्टर डोज’का लागि प्रयोग गरिने

काठमाडौं : कोभिडविरुद्धको फाइजरको नयाँ खोप ‘बाइभ्यालेन्ट’ नेपाल आइपुगेको छ।

‘बाइभ्यालेन्ट’को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले जानकारी दिए।

नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिने बताइएको छ। ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ। 

फागुन १, २०७९ सोमबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।