कोभिडविरुद्धको ‘बुस्टर डोज’ खोप फागुनमा आउँदै, तीन पटक गरेर १५ लाख मात्रा ल्याइने

कोभिडविरुद्धको ‘बुस्टर डोज’ खोप फागुनमा आउँदै, तीन पटक गरेर १५ लाख मात्रा ल्याइने

काठमाडौं: कोरोना भाइरस विरुद्धको खोपको बुस्टर डोज आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले नेपाल सरकारलाई फागुन १ र ४ गते खोप दिने निश्चित गरेको जानकारी दिएको छ। यसअघि गाभीले खोप पठाउने भने पनि मिति तय गरेको थिएन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए।

उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ गते खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छै । तीन पटकमा गरी १५ लाख मात्रा खोप आउने उनले बताएका छन्।

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ सँग ३० लाख मात्रा खोप माग गरेको हो। 

गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको छ। 

माघ २५, २०७९ बुधबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।