चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी, महासचिवमा सञ्जिव निर्वाचित

चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी, महासचिवमा सञ्जिव निर्वाचित

काठमाडौं : नेपाल चिकित्सक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन्।

३ हजार ५३७ मत ल्याएर कार्की विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ मत ल्याए। यस्तै अध्यक्षकै स्वतन्त्र उम्मेदवार डा. शिवजी विक्रम सिलवालले २९० मत ल्याए।

त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा. सन्जिव तिवारी २ हजार ९१८ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी डा. अमृत भुसालले १ हजार ५४१ मत पाए। महासचिवकी अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १ हजार ५०५ मत ल्याइन्।

संघका वरिष्ठ उपाध्यक्षमा यसअघि नै डा. बद्री रिजाल निर्विरोध निर्वाचित भइसकेका छन्।

मधेश प्रदेश संयोजकमा डा. निरज कुमार सिंह, बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट विजयी भएका छन्।

यस्तै, लुम्बिनी प्रदेश संयोजक डा.नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, प्रदेश १ संयोजक डा. विपेश आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्।

संघका प्रदेश संयाेजक नै उपाध्यक्ष रहने व्यवस्था छ।

त्यसैगरी कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह-कोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सह-सचिवमा डा. लिजन महर्जन पनि यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

सदस्यहरूमा लोकतान्त्रिक समूहका डा.अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशील समूहकी डा. स्मृति महत विजयी भएका छन्।

संघको निर्वाचनमा कुल ६२९१ मत खसेको थियो।

माघ २४, २०७९ मंगलबार १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।