स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उप्रेतीले दिए राजीनामा

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उप्रेतीले दिए राजीनामा

काठमाडौं : स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

मंगलबार अपरान्ह स्वास्थ्यमन्त्री पदम गिरीसमक्ष उप्रेतीले राजीनामा पत्र बुझाएका हुन्।

‘अध्यक्षज्यूले मन्त्रीज्यूमार्फत मन्त्रिपरिषद्मा जानेगरी पदबाट आज राजीनामा दिनुभयो’, स्रोतले भन्यो।

पूर्व स्वास्थ्य सचिवसमेत रहेका डा. उप्रेती २०७७ साउनमा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।

माघ २४, २०७९ मंगलबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।