रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न

रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं: रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा गत बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालय र राक्सिराङ गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साइन्सेसको प्राविधिक सहयोग थियो।

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका सीईओ गुणबहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल साइन्सेसका म्यानेजर दुर्गा न्यौपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला लगायतले आतिथ्यता ग्रहण गरेका थिए।

कार्यक्रममा जनरल फिजिसियन,  बाल रोग, महिला रोग, हाड जोर्नी तथा नसा रोग, छाला रोगको परीक्षण तथा औषधि वितरण समेत गरिएको थियो।

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका खानी प्रमुख गणेशकुमार सिंह, प्रशासन प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरुप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।

उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए। राक्सिराङ गाउँपालिका वडा नं ४  का अध्यक्ष सञ्जय कोइरालाको सभापतित्वमा सम्पन्न भएको सो शिविर कार्यक्रम उक्त वडाकै विकुटार, मकवानपुरमा सम्पन्न भएको थियो।

माघ २३, २०७९ सोमबार ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।