मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
तस्बिर- प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं : हरेक साताकाे साेमबार र बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।

दिउँसो चार बजे बस्नेगरी बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बैठकमा राष्ट्रपति तथा उप–राष्ट्रपति निर्वाचन लगायत विभिन्न मन्त्रालयले पेश गरेका प्रस्तावहरूउपर छलफल र निर्णय हुने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

१६ माघ, २०७९, १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।