जाइकाले कान्ति बाल अस्पताललाई एमआरआई र सिटी स्क्यान मेसिन सहयोग गर्ने

जाइकाले कान्ति बाल अस्पताललाई एमआरआई र सिटी स्क्यान मेसिन सहयोग गर्ने

काठमाडौं : जापान इन्टरनेशनल कर्पोरेसन एजेन्सी (जाइका)ले कान्ति बाल अस्पतालमा एमआरआई र सिटी स्क्यान मेसिन सहयोग गर्ने भएको छ।

शुक्रबार अस्पतालको ६१औं वार्षिक उत्सव कार्यक्रममा जाइका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालबीच एमआरआई र सिटी स्क्यान मेसिन सहयोगका लागि सम्झौता भइसकेको भन्दै ६ महिनाभित्र मेसिन आइसक्ने अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।

अस्पतालमा एउटा सिटीस्क्यान मेसिन रहेको र जाइकाको सहयोगमा अर्को आउने भएपछि दुई वटा सिटिस्क्यान मेसिन हुने उनले बताए।

पुष २३, २०७९ शनिबार ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।