नाकबाट दिइने कोरोना खोपलाई भारतले दियो बिक्री स्वीकृति, कति पर्छ मूल्य ?

नाकबाट दिइने कोरोना खोपलाई भारतले दियो बिक्री स्वीकृति, कति पर्छ मूल्य ?

काठमाडौं : भारतले कोभिड–१९को पहिलो इन्ट्रानेजल (नाकबाट दिइने खोप) इन्नोभ्याकको बिक्रीलाई स्वीकृति दिएको छ।

भारत बायोटेकले तयार पारेको यो खोप जनवरीको चौथो सातादेखि १८ वर्षभन्दा माथिका व्यक्तिले लिन सक्नेछन्।

यसको मूल्य भारत सरकार र राज्य सरकारहरूको लागि ३२५ भारतीय रूपैयाँ राखिएको यसको मूल्य निजी अस्पताल र पसलहरूमा ८०० भारतीय रूपैयाँ पर्छ।

समाचार एजेन्सी एएनआईका अनुसार केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड र कोभ्याक्सिनको डोज लिएका व्यक्तिहरूले यो नाक खोपको डोज लिनसक्ने बताइएको छ।

यसका लागि कोभिन प्लेटफर्ममा पनि परिवर्तन गरिनेछ। भारत बायोटेकले यस खोपको १४ विभिन्न ट्रायल साइटमा ३१०० जनामा ​​परीक्षण गरिएको जनाएको छ।

कम्पनीले भारत बायोटेक र युनिभर्सिटी अफ वासिङ्टनसँगको साझेदारीमा इन्नोभ्याक विकास गरिएको जनाएको छ।

खोपको क्लिनिकल परीक्षण कोविड सुरक्षा कार्यक्रम अन्तर्गत भारत सरकारको बायो–टेक्नोलोजी विभागले अनुदान दिएको थियो।

पुष १२, २०७९ मंगलबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।