कोशी अस्पतालमा ५०० शय्याको अत्याधुनिक भवन बन्दै

कोशी अस्पतालमा ५०० शय्याको अत्याधुनिक भवन बन्दै

विराटनगर : कोशी अस्पतालमा ५०० शय्याको अत्याधुनिक भवन बन्ने भएको छ।

अस्पताल परिसरमा भएको कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा शिलान्यास गरे।

कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनलाई समयमै निर्माण सक्न निर्देशन दिए।

कोशी अस्पतालको उन्नतीले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने भन्दै स्वास्थ्यकर्मीको मीठो बोलीव्यवहार गर्नुपर्नेमा जोड दिए।

‘भवन र उपकरणले मात्रै हुँदैन,’ उनले भने, ‘बिरामीसँग राम्रो व्यवहार, मिठो बोली बचन गर्नु जरुरी छ।’

संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका आयोजना प्रमुख गणेशबहादुर महर्जनले भवन सुविधासम्पन्न र अत्याधुनिक हुने बताए।

उनले भने, ‘दुई तल्ले बेसमेन्टसहित भवन आठ तल्ले हुनेछ। ३ वटा इमर्जेन्सी भर्याङ, बेड लिफ्ट, डक्टर तथा सेवाग्राहीका लागि छुट्टाछुट्टै लिफ्ट, वातावरणमैत्री कोठाहरू, कुरुवा कक्ष, भुकम्प प्रतिरोधी भवन बन्नेछ।’

पुष १, २०७९ शुक्रबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।