फिलिपिन्समा डाक्टर पढेकाहरूको समकक्षता खारेज

फिलिपिन्समा डाक्टर पढेकाहरूको समकक्षता खारेज

काठमाडौं : त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज गरेको छ।

मंसिर ९ गते बसेको मान्यता तथा समकक्षता निर्धारण समितिको बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार सार्वजनिक सूचना निकालेर केन्द्रले यस्ता समकक्षता कतिपय निकायमा पेस भएमा त्यस्ता समकक्षता पत्रको कानूनी मान्यता नहुनेसमेत जनाएको छ।

साथै कुनै शैक्षिक तह उत्तीर्ण नगरी सो तहभन्दा माथिल्लो तहमा भर्ना भई उत्तीर्ण गरी समकक्षता माग गरेको खण्डमा समकक्षता प्रदान गर्न नसकिने निर्णयसमेत भएको सूचनामा उल्लेख छ।

मंसिर २२, २०७९ बिहीबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।