फ्याउरो र बाख्री
![फ्याउरो र बाख्री](https://www.ukeraa.com/images/news/16670569011667056901.jpg )
एउटा जंगलमा घुमिरहेको बेलामा एउटा फ्याउरो अचानक एउटा दलदलमा फस्यो । त्यो अलिक गहिरो खाल्डो थियो । एकछिनमा त्यहाँ एउटा घरपालुवा बाख्रा पनि आईपुग्यो । बाख्रालाई देखेपछि फ्याउरोको मनमा एउटा गलत बिचार आयो । आफु फसेको दलदलमा बाख्रालाई पनि फसाउने बिचार गर्दै उसले बाख्रालाई भन्यो - "बाख्री बहिनी ! हेर त यहाँ तल कति चिसो पानी अनि मिठो घाँस छ । मैले त घाँस खाँदिन त्यसैले आउ तिमीले आएर खाउ ।"
फ्याउरोको कुरा बाख्रीलाई पत्याार लाग्यो । त्यसैले लोभीदै बाख्री पनि त्यो दलदल भएको खाल्डोमा पसि । आखिर फ्याउरोको नियत त खराब थियो । जब बाख्री दलदलमा फस्दै जान थाली फ्याउरोले निकै ठूलो काम गरेजस्तो गरी मुस्कुराउँदै बाख्रीलाई भन्यो- "मूर्ख बाख्री ! अब तँ पनि मजस्तै यहीँ दलदलमा फसेर मर्ने भईस् ।"
फ्याउरोको यो कुरा सुनेपछि बाख्रीले निकै आत्मविश्वासका साथ भनि,- " राम्रो सोच्नेलाई कहिल्यै पनि नराम्रो हुँदैन फ्याउरो दाई । तिमीले झुठो बोले पनि मैले पत्याएँ तर धन्दा नमान मेरा मालिक मलाई बाहिर नभेटेपछि एकछिनमा मलाई खोज्दै यहाँ आउनेछन् । त्यो बेला उनले मलाई यो दलदलबाट निकाल्नेछन् तर तिमीजस्तो अर्काको कुभलो चिताउने प्राणीलाई यहीँ दलदलमा फसिराखोस् भनेर छोड्नेछन् ।"
नभन्दै एकछिनमा बाख्रा चराउन आएका गोठालादाई त्यहाँ बाख्रालाई खोज्दै आईपुगे ।अनि बाख्रीलाई त्यहाँबाट झटपट निकाले तर फ्याउरोलाई त्यही फसिरहोस् भनेर छाडेर बाख्रीसँगै आफ्नो बाटो लागे ।
कात्तिक १२, २०७९ शनिबार २१:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।