डब्लुएचओको कार्यक्रममा भाग लिन स्वास्थ्य राज्यमन्त्री भुटान गए
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी भुटान गएका छन्। ‘डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको पचहत्तरौँ अधिवेशन’ मा सहभागी हुन केसी भुटान गएका हुन्।
अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, अतिरिक्त सचिव संगीता कौशल मिश्र, उपसचिव मोहन निरौला, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लाल समेत सहभागी छन्।
सो अवसरमा दक्षिण एसियाली मुलुकका स्वास्थ्य मन्त्रीहरू सहभागी हुनेछन्। स्वास्थ्य राज्यमन्त्रीसहितका अधिकारी भदौ २३ गते फर्किने कार्यक्रम छ।
भदौ १८, २०७९ शनिबार २०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।