बीपी, पुष्पलाल र सूर्यप्रसादको स्मृतिमा बुटवलको प्रगतिनगरमा उद्यान बन्ने

बीपी, पुष्पलाल र सूर्यप्रसादको स्मृतिमा बुटवलको प्रगतिनगरमा उद्यान बन्ने
बुटवल उपमहानगरपालिकाको कार्यालय

बुटवल: बुटवलको प्रगतिनगरमा स्मृति उद्यान निर्माण हुने भएको छ। बुटवल उपमहानगरपालिका– ११ मा उद्यान बन्ने भएको हो।

स्मृति उद्यानमा नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्वनगर प्रमुख सूर्यप्रसाद प्रधानको सालिक रहनेछ।

गत स्थानीय तह निर्वाचनमा मेयर पदमा विजयी खेलराज पाण्डेयले निर्वाचित भएको एक सय दिन पूरा भएको अवसरमा आज उद्यानको शिलान्यास गरे। १७ कट्ठा १४ धुरमा बन्ने उद्यानलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न योग्य बनाइने नगर प्रमुख पाण्डेयले जानकारी दिए।

गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि सालिकसहितको उद्यान निर्माण गर्न रु ५० लाख विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी दिए।

१७ भदौ, २०७९, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।