उपत्यकामा ६२ जनामा हैजा संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा ६२ जनामा हैजा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १ जना थपिएसँगै उपत्यकामा ६२ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विवरणमा उल्लेख छ।
संक्रमितमध्ये ३० जना महिला र ३२ जना पुरुष हुन्। जसमध्ये ५ वर्षमुनिका ३ जना छन्।
अहिलेसम्म एकैदिन तीन जनाभन्दा धेरैम संक्रमण नदेखिएको विवरणमा उल्लेख छ।
भदौ ५, २०७९ आइतबार १८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।