काठमाडौंमा बढेकाे बढ्यै हैजा, शनिबार थप दुई जनामा पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअुनसार थप दुई जनामा हैजाको संक्रमण देखिएको हो।
शुक्रबारसम्म ५९ जनामा देखिएको हैजा संक्रमण शनिबार आइपुग्दा ६१ जनामा देखिएको छ। संक्रमितमध्ये तीन जना पाँच वर्षमुनिका छन्।
काठमाडौं उपत्यकामा फोहोरको समस्याका कारण हैजा फैलिएको हो। दैनिक पर्ने पानीले पनि हैजा फैलाउन मद्दत गरिरहेको संक्रामक रोग विशेषज्ञहरूले बताउँदै आएका छन्।
भदौ ४, २०७९ शनिबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।