पूर्व गृहराज्यमन्त्रीको ‘निष्ठाको यात्रा’ विमोचन

पूर्व गृहराज्यमन्त्रीको ‘निष्ठाको यात्रा’ विमोचन

काठमाडौंः पूर्व गृहराज्यमन्त्री, सहकारी अभियन्ता तथा भावातित ध्यानका प्रवर्दक डा. दीपकप्रकाश बाँस्कोटाको जीवन भोगाइहरूको सँगालो ‘निष्ठाको यात्रा’ विमोचन भएको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलगायतले कृतिको विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, कांग्रेसका सहमहामन्त्री डिना उपाध्याय, समालोचक डा. कुमारप्रसाद कोइरालालगायतले पुस्तकमाथि परिचर्चा गरेका थिए।

संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा. कुलप्रसाद कोइरालाको सभापतित्वमा आयोजित समारोहमा डा. किन्सली ब्रुक्सले ‘वैदिक नेपालको भविष्य’ माथि प्रकाश पारेका थिए।

‘निष्ठाको यात्रा’ पुस्तक बुक्स राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो।

१७ साउन, २०७९, ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।