निजामती अस्पतालको एमआरआई स्पेशिफिकेशनमा इन्जिनियर केसी संलग्न नरहेको इन्जिनियर एसोसिएसनको भनाई
काठमाडौँ : नेपाल इन्जिनियर्स एसोसिएसनले निजामती कर्मचारी अस्पतालले गठन गरेको एमआरआई प्राविधिक स्पेशिफिकेशन कमिटीमा इन्जिनियर डिना केसीको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
केसीले सो समितिबाट राजीनामा दिइसकेको अवस्थामा पनि एमआरआई स्पेशिफिकेशनको सन्दर्भमा विना आधार, यथार्थ नबुझी, सतही विश्लेषण गरी केसीले नै स्पेशिफिकेशन बनाएको हो र मिलेमतोमा चाइनिज कम्पनीलाई पार्न खोजेको भन्ने आशयको उकेरामा प्रकाशित समाचार भ्रामक रहेको एसोसिएसनले पठाएको पत्रमा उल्लेख गरिएको छ।
'उक्त स्पेशिफिकेशनमा केसीको कतै पनि संलग्नता नरहेको कुरा प्रमाण कागजबाट बुझिएको हुँदा केसीको नाम मुछी प्रकाशन गरिएको उक्त समाचारको यस एसोसिएसन खण्डन गर्दछ,' पत्रमा भनिएको छ।
साउन १२, २०७९ बिहीबार १५:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।