काभ्रेमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
काठमाडौंः डेङ्गु रोगको सङ्क्रमण काभ्रेमा बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहमा नौ जनामा पुष्टि भइसकेको छ।
काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा डेङ्गु सङ्क्रमित भेटिएका थिए। उनीहरू जिल्ला बाहिरका थिए। तीमध्ये एक जनाको काठमाडौंमा उपचार भइरहेको छ।
डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु सङ्क्रमण भेटिएको हो। “करिब एक महिनाको अवधिमा नौ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ”, सेढाईंले भने।
नौमध्ये काभ्रेको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक जना हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई जना रहेको जनाइएको छ। काठमाडौंमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखिएको सेढाईंले बताए।
साउन १२, २०७९ बिहीबार ०८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।