भक्त हमालको अध्यक्षतामा रसायन तथा मेडिकल आपूर्ति संघको नेतृत्त्व चयन

भक्त हमालको अध्यक्षतामा रसायन तथा मेडिकल आपूर्ति संघको नेतृत्त्व चयन

काठमाडौंः रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन) को अध्यक्षमा भक्तबहादुर हमाल निर्वाचित भएको छन्। काठमाडौंमा शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभाबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन्।

स्वास्थ्य उपचारका लागि आवश्यक रसायन तथा मेडिकल उपकरण आपूर्ति, उत्पादन, वितरणकर्ताको छाता संगठन (केमसन) को १६औं वार्षिक साधारणसभामा भएको अधिवेशनमा सम्पूर्ण पदमा पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक धिरज थपलियाले जानकारी दिए।

जसअनुसार प्रथम उपाध्यक्षमा उमेशप्रसाद लामिछाने, महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा र कोषध्यक्षमा गणेशप्रसाद सापकोटा निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट र खण्डानन्द पाण्डे रहेका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

संघको विधानअनुसार द्वितीय उपाध्यक्ष तथा दुई जना कार्यसमिति सदस्य मनोनयन नवगठित कार्यसमितिले गर्ने केमसनले जनाएको छ।

गुणस्तरीय उपकरण तथा रसायन उपलब्ध गराउने उद्देश्यसहित केमसन विसं. २०६१ सालदेखि सक्रिय छ। नेपालभर केमसनको आठ वटा शाखा विस्तार भइसकेको छ। अन्य स्थानमा पनि शाखा विस्तर गर्ने क्रम रहेको र पाँच सयभन्दा बढी सदस्य संख्या पुगिसकेको केमसनले जनाएको छ।

साउन ८, २०७९ आइतबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।