आजबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना
काठमाडौंः आज साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा सङ्कलन गर्ने भएको छ। महानगरले हिजो सूचना जारी गर्दै आइतबार र बुधबार कुहिने साथै सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गर्ने बताएको छ।
हिजो मात्रै महानगरका मेयर बालेन्द्र शाहले घरदैलो सचेतना कार्यक्रम आयोजना गरेर फोहोरलाई घरैबाट छुट्याउन आग्रह गरेका थिए।
अब वर्गीकरण नगरिएका फोहर, फोहर बोक्ने गाडीसम्म ल्याएमा पुनः घरमा नै फर्काइने छ। यस्तै प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ)अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गराउने महानगरले जनाएको छ।
यस्तै महानगरले प्लाष्टिकको झोलाको साटो कपडा वा कागजको झोला प्रयोग गर्न पनि अनुरोध गरेको छ।
साउन १, २०७९ आइतबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।