कागेश्वरी मनोहराका दुई बालकमा हैजा पुष्टि
काठमाडौंः काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनोहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।
योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो।
ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको दासले बताए।
असार २१, २०७९ मंगलबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।