काठमाडौँमा १४ जनामा हैजा देखियो

काठमाडौँमा १४ जनामा हैजा देखियो

काठमाडौँ : काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ। गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरु मध्ये १२ जना उपचारपश्चात् घर फर्केको जानकारी दिए। 

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको उनले जानकारी दिए। 

असार १५, २०७९ बुधबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।