जेष्ठ नागरिकलाई घर-दैलोमै स्वास्थ्य सेवा
पनौती : पनौती नगरपालिका-३ स्थित श्री पाटिचौर जेष्ठ नागरिक मिलन केन्द्र र कुशादेवी युवा क्लबको संयुक्त आयोजनमा जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कुशादेवी हेल्थ केयरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सय जनाभन्दा बढी जेष्ठ नागरिकले सेवा लिएका छन्।
पनौती नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा भएको शिविरमा डा. दिनेश भुजेल, ल्याब टेक्नोलोजिस्ट दिपेश घिमिरे, हेल्थ असिस्टेन्टहरु दिपक साइ, उमेश तोलाङ्गे, नर्सहरु शारदा सापकोटा, प्रमिला भण्डारीले सेवा दिएका थिए।
जेष्ठ नागरिक स्वास्थ्य शिविर कार्यक्रमकै क्रममा कुशादेवी हेल्थ केयर र श्री पाटिचौर जेष्ठ नागरिक मिलन केन्द्रबीच सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने सहमति समेत भएको छ।
प्रत्येक महिनाको पहिलो शनिबार दीर्घ रोगीहरुको रगत नमुना संकलन जेष्ठ नागरिक मिलन केन्द्रमै हुने र औषधि सेवामा जेष्ठ नागरिकहरुलाई छुटको व्यवस्था गर्ने सहमति भएको मिलन केन्द्रका सचिव पूर्ण श्रेष्ठले जानकारी दिए।
डाक्टरद्वारा परामर्श सेवा, सुगर-प्रेसर जाँच, औषधि लगायतको सेवा पाउँदा जेष्ठ नागरिक खुसी भएका छन्। असार १५ दही चिउरा खुवाउँदै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी कार्यक्रम सम्पन्न भएको छ।
असार १५, २०७९ बुधबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।