आज ७४६ स्थानीय तहको बजेट सार्वजनिक हुँदै

आज ७४६ स्थानीय तहको बजेट सार्वजनिक हुँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ७ स्थानीय तहले बजेट पेश गरिसकेका छन्। आज ७४६ स्थानीय तहले बजेट पेश गर्नेछन्। मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका क्रमशः १, ३, १ र २ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्।

१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ।

१० असार, २०७९, ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।