युरोपमा मङ्कीपक्स संक्रमण बढ्दै, विषेश सतर्कता अपनाउन आह्वान

युरोपमा मङ्कीपक्स संक्रमण बढ्दै, विषेश सतर्कता अपनाउन आह्वान

इटाली : युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएको छ। युरोपेली स्वास्थ्य अधिकारीहरुले मङ्कीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ। यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ।

मङ्कीपक्सका कारण मृत्यु नै हुने नभए पनि शरीरमा बिमिरा तथा फोका आउने, घाउ हुने लगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन्।

अफ्रिकाका कतिपय ठाँउमा मङ्कीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरि त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

अहिले युरोपेली मुलुक बेलायत लगायतका देशमा मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या बढेको छ। अहिलेसम्म बेलायतमा ७१ मा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई मङ्कीपक्सको सङ्क्रमण देखिएको छ।

जेठ १३, २०७९ शुक्रबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।