अब चार पालिकाको मत परिणाम आउन बाँकी

अब चार पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ। 

गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ। 

आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिमपरिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ।

सुदूरपश्चिमको बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे विवाद भएकाले पुनः मतदान या वैशाख ३० गतेको मतदानका आधारमा गणना भन्ने बारेमा आयोगले चाँडै निर्णय गर्ने जनाइएको छ।

१२ जेठ, २०७९, १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।