कोटहीमाई गाउँपालिका अध्यक्षमा लोसपाका त्रिपाठी निर्वाचित

कोटहीमाई गाउँपालिका अध्यक्षमा लोसपाका त्रिपाठी निर्वाचित

रुपन्देहीः जिल्लाको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बालकृष्ण त्रिपाठी निर्वाचित भएका छन्। त्रिपाठीले चार हजार ६३८ मत ल्याएर निर्वाचित भए।

उनका प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवारले चार हजार २३९ मत प्राप्त गरे।

उपाध्यक्षमा लोसपाकै सुशीलाकुमारी यादव चार हजार ७३६ मतका साथ विजयी भइन्। प्रतिस्पर्धी कांग्रेसकी गुजराती यादवले तीन हजार ४४२ मत प्राप्त गरिन्।

१६ स्थानीय तह रहेको रुपन्देहीमा अब तिलोत्तमाको मतगणना गर्न मात्रै बाँकी छ। तिलोत्तमामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ।

१० जेठ, २०७९, ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।