भंगहा नगरपालिकाको मेयरमा लोसपा, उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी

भंगहा नगरपालिकाको मेयरमा लोसपा, उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी

महोत्तरी: भंगहा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा लोसपाका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याएका छन्।

यस्तै उपमेयरमा कांग्रेसकी शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी लोसपाका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गर्नुभएको हो।

८ जेठ, २०७९, १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।