वर्षाका कारण नेपाल र जिम्बावे 'ए' बीचको खेल स्थगित
काठमाडौंः नेपाल र जिम्बावे 'ए' टोलीबीच तय भएको पहिलो एकदिवसीय खेल स्थगित भएको छ। बिहानैदेखि भइरहेको वर्षाका कारण आजको खेल स्थगित गरिएको हो।
आज साढे ९ बाट खेल सुरु हुने भनिए पनि वर्षाको कारण टस समेत हुन सकेन।
जिम्बावे 'ए' विरुद्ध एकदिवसीय श्रङ्खलाको दोस्रो खेल सोमबार हुनेछ भने तेस्रो खेल बुधबार हुनेछ। लगत्तै नेपालले टी-ट्वेन्टी श्रृङ्खला पनि खेल्नेछ। टी-ट्वेन्टी श्रृङ्खला वैशाख २३ देखि २६ सम्म चल्नेछ।
आज स्थगित भएको खेल आइतबार हुने बताइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले यसबारे थप विवरण सार्वजनिक गर्दैछ।
नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे 'ए' सँग प्रतियोगिता खेल्न लागेको हो। यो श्रृङ्खलालाई अन्तर्राष्ट्रिय मान्यता पनि दिइएको छैन।
१७ बैशाख, २०७९, ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।