पोखरालाई पर्यटकीय राजधानी बनाउँछौँ : मन्त्री आले

पोखरालाई पर्यटकीय राजधानी बनाउँछौँ : मन्त्री आले

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी नीति तथा कार्यक्रमार्पmत बजेटको ब्यवस्था गर्ने बताएका छन्। 

बुधबार पश्चिमाञ्चल होटेल संघ पोखराको आयोजना गरेको १७ औँ फेवा नववर्ष महोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका हुन।

मन्त्री आलेले पोखराका विमानस्थल संचालनका लागि आफूहरू लागि रहेको बताउँदै पाँच महिना भित्र अन्तर्राष्ट्रिय विमानस्थल संचालन गरी सक्ने बताए। उनले भने, ‘पोखरा विमानस्थलको चाँबी चीन सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ। अहिले केही बाँकी कामहरु भइरहेका छन्। 

यसको मुख्य समस्याका रूपमा रहेको पुर्वतर्फको रिठेपानी डाँडा फास्ट ट्र्याकबाट अगाडी बढाउँछौ । अर्को समस्या भनेको ल्याण्डफिल्ड साइडहो। समस्याका रूपमा रहेको अहिलेको ल्याण्डफिल्ड साइडको विकल्प खाज्न पोखरा महानगरका जनप्रतिनिधिलाइ आग्रह गर्दछु।यो ल्याण्डफिल्ड साइडको काम चाँडो समाधान होस। पाँच महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिना भित्र संचालनमा आउने बताउँदै धनी देशका पर्यटकका लागि आवश्यक पर्ने तारे होटलहरु खोल्न व्यवसायीलाई आग्रह समेत गरे। उनले भने,‘अब, पाँच महिना भित्र विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ। 

धनी देशका पर्यटक आगमन सिधै पोखरामा हुन्छ। त्यसैले उनीहरूका लागि आवश्यक तारे होटलहरु खोल्नोस। आवश्यक अन्य सेवा सुविधा बढाउने तर्फ पर्यटन व्यवसायी अहिल्यैदेखि लाग्नु होस ।अहिलेको पूर्वाधारले नपुग्न सक्छ। पर्यटकका लागि खर्च वातावरण बनाउने तर्फ सोच्न आवश्यक छ।’
मन्त्रीले पोखराको रत्नमन्दिर र हिमा गृह पनि छिटै संचालनमा ल्याएर पर्यटकका लागि थप आकर्षण थप्ने बताए।

उनले नारायण हिटी दरबार भित्र रेस्टुरेन्ट संचालन गर्नका लागि १४ रोपनी जग्गाको सम्झौता गरेर सयौँ रोपनी जग्गा कब्जा गरेकाले ठेक्का सम्झौता तोडेको समेत दाबी गरे। 

कार्यक्रममा होटेल संघ नेपालका उपाध्यक्ष विनायक शाह, गण्डकी प्रदेशका सांसद राजिब पहारी, दिपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई लगायतले कोरोनाका कारण पर्यटन क्षेत्र प्रभावित भएका कारण सरकारले पर्यटन क्षेत्रलाई विशेष प्याकेजको व्यवस्था गर्न माग गरेका थिए।

नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सवमा नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित पर्यटन, संस्कृतिलाई जोड दिएको आयोजक पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 
पोखराको लेक साइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा आयोजना गरिएको महोत्सव वैशाख १ गते सम्म चल्नेछ। 

३० चैत, २०७८, १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।