आइडलमा विश्वासले गाउँदा शुवानी हेरेको हेर्यै, सुनेको सुन्यै

आइडलमा विश्वासले गाउँदा शुवानी हेरेको हेर्यै, सुनेको सुन्यै

काठमाडौँ : बिहीबारको एपिसोडबाट बेनिशा पौडेल बाहिरिएसँगै नेपाल आइडल सिजन ४ मा अहिले टप पाँचमा पुग्न प्रतिस्पर्धा चलिरहेको छ। टप पाँचमा पुग्न विश्वास उप्रेती, सुमिन पाख्रिन, नाम्गेल तामाङ, भूपेन्द्र थापा मगर, लक्ष्मी पौडेल र
रञ्जित नेपाली प्रतिस्पर्धामा छन्।

आगामी हप्ता टप पाँचको तय हुनेछ। टप पाँच तय हुने शुक्रवारको प्रतिस्पर्धामा ६ जनामध्ये सबले एकसा एक गाए। प्रस्तुतिको हिसाबले सुमिन अलि कमजोर देखिइन्। विश्वास, नाम्गेल र रञ्जितबिच कडा टक्कर देखिन्छ। लक्ष्मी र भूपेन्द्र सुरक्षित देखिन्छ। यो प्रस्तुतिको आधारमा मूल्याङ्कन हो। भोट कसको कति आउँछ के भन्न सकिन्छ र।

कार्यक्रमका सहभागी विश्वासले लामै समय भयो आफ्नो जनारा रक छाडेको। उनी कहिले लोकतिर लागे त कहिले आधुनिकतिर। शुक्रवार भने उनी एक्सिस ब्यान्डको चर्चित गीत ' एक्लो जीवनमा केवल साथ खोजेथे' गाएका थिए।

स्वरको शैली अनि गेटअप पुरै रक स्टार रहेका विश्वासको सो प्रस्तुति जम्यो नै। जजको कमेन्टले पनि साथ दियो। जज शुवानी मोक्तानले त हेरेको हेर्यै अनि सुनेको सुन्यै भएको भन्दै उठेरै ताली बजाइन्। जज सुगमले भिन्न भिन्न शैलीको गीत गाएका विश्वसाको रक शैली दमदार भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा गीतकार भूपेन्द्र थिए गेस्ट। कार्यक्रमको बिच-विचमा उनले कविता वाचन गरेर माहौल अर्कै बनाइदिएका थिए। 

२० फागुन, २०७८, ०१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।