हुम्लामा आज १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै

हुम्लामा आज १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै

हुम्लाः जिल्लामा आजबाट १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिइँदै छ। हिजैबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अभियान सञ्चालन गरे पनि हुम्लामा भने आजबाट सुरु हुने भएको हो। 

हुम्लाका पाँच गाउँपालिकाका लागि स्वास्थ्य कार्यालयले तीन हजार ५०० मोर्डना खोप पठाएको छ। कोभिडविरुद्धको खोपको यो पहिलो मात्रा हुनेछ। 

जिल्लामा रहेका नौ हजार नौ सय ४० बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि जिल्लामा ६ हजार तीन सय ७० डोज मात्रै आइपुगेको छ। 

पुष ५, २०७८ सोमबार ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।