चिसोमा पेट दुख्ने, अपच हुने समस्या कसरी समाधान गर्ने ? जान्नुहोस् यी टिप्स
काठमाडौंः जाडोमा अधिकांशले भोग्ने समस्या हो छाला फुट्ने र पेट दुख्ने। जब वातावरणको चिसो शरीरभित्र प्रवेश गर्छ तब पेटमा यसले समस्या निम्त्याउँछ। जाडोमा पेटको समस्याबाट कसरी जोगिने त? यी हुन् केही उपायहरूः
जाडोमा पेटलाई सुरक्षित राख्न सबैभन्दा पहिला पानी पिउने गर्नुपर्छ। पर्याप्त मात्रामा पानी पिए चिसो मात्र होइन, धेरै समस्याबाट मुक्ति पाइन्छ। तर जाडोमा चिसो होइन तातो पानी पिउने गर्नुपर्छ। यसले पाचन प्रक्रियाका साथसाथै पेटभित्र डिटक्सिफिकेसनमा पनि मद्दत गर्छ।
हरेक दिन बिहान खाली पेटमा जिरा, कागती, मह हालेर मनतातो पानी पिएमा यसले पनि धेरै फाइदा गर्छ। पुदिना हालेको पानी अथवा चिया सेवन गर्नाले पनि पेटमा हुने दुखाइबाट निदान दिन सक्छ।
अर्को नगरी नहुने उपाय भनेको खाना खाइसकेपछि केही समय हिँड्नु हो। खाना खानसाथ भारी काम गर्न नहतारिनुस्। सामान्य हिँडडुल गर्नुस् यसले पनि पेटलाई राहत दिन्छ।
बारम्बार पेटसँग सम्बन्धित समस्या देखा परेमा भने चिकित्सकको परामर्श अवश्य लिनुस्।
पुष ५, २०७८ सोमबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।