देउवाले लगाएको कोटले चिसो नछेकेपछि‍‍‍‍‍‍‌‌‌...

देउवाले लगाएको कोटले चिसो नछेकेपछि‍‍‍‍‍‍‌‌‌...

काठमाडौँ : चाँडै उद्घाटन शत्र सुरु गर्ने अनि चाँडै सक्काउने योजना असफल भएपछि कार्यक्रममा आउँदा लगाएको सामान्य कोटले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जाडो छेक्न सकेन। कार्यस्थल भृकुटीमण्डप खुल्ला क्षेत्र भएकाले चिसो बढी नै हुन्छ। अझ बेलुका बतास चलेपछि चिसो बढ्ने नै भयो।

उनी कार्यक्रममा आउँदा खैरो रङको दौरा सुरुवाल, निलो कोट अनी खैरै गलबन्दी बेरेर आएका थिए। उनले कोटभित्र स्वेटर लगाएका रहेनछन्। त्यति कपडाले चिसी छेक्न सकेन। कपडाले चिसो छेक्न नसकेपछि उनले सहयोगीलाई थप कपडा मगाए। गलबन्दी त उनले लगाएकै थिए।

कोट अलि पातलो भएकाले समस्या भएको देखियो। उनले सहयोगीलाई इशाराले केही भने लगत्तै एक सैनिक कर्मचारी हातमा निलो लङ कोट लिएर उनी नजिक पुगे। उनले भित्र लगाएको कोट पनि खोलेनन्। बाहिरबाटै बाक्लो लङ कोट लगाउन खोजे। तर अड्कियो।

सेनाको सहयोगमा उनले बल्लबल्ल लङ कोट लगाएर सोफामा बसे। उनलाई लङ कोट लगाउँदा परेको सकस नजिकै बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बढो मजाले हेरिरहेका थिए।

रामचन्द्रको हालत पनि उस्तै

खैरो रङ्गको कोट लगाएर कार्यक्रममा गएका रामचन्द्र पौडेलको हालत पनि उस्तै भयो। उनको कोटले चिसो छेक्न सकेन। मञ्चमा बसेदेखि उनी कुक्रुक्क परेर बसेका थिए। घाम अस्ताउँदै गयो अनि चिसो बढ्दै गयो। अति भएपछि उनले पनि कालो कोट मगाएर त्यही कोटमाथि लगाएर बसे।

२४ मंसिर, २०७८, २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।