रोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सुरु
राेल्पाः जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको सुरुआत भएको छ। एमडीजीपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरु गरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको छ।
निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा रणबहादुर बोगटीसहित अन्य तीन चिकित्सकले विशेषज्ञ सेवा सुरु गरेकाे अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरु भएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए।
यता डा बोगटीले दुर्गममा बिरामीकाे सेवा गर्न पाएकाेमा खुशी भएकाे बताएका छन्।
कात्तिक २६, २०७८ शुक्रबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।