बालबालिकालाई पनि छिट्टै खोप: मन्त्री रेग्मी

बालबालिकालाई पनि छिट्टै खोप: मन्त्री रेग्मी

चितवनः महिला, बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटै खाेपकाे व्यवस्था गरिने बताएकी छिन्। जिल्लामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार हाल पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापन गर्न लागिपरेकाे बताएकी हुन्। 

बालबालिकालाई खाेप दिइने सन्दर्भमा उनले भनिन्- 'विदेशमा परीक्षण भइरहेको छ, परीक्षण सम्पन्न भएसँगै फाइजर र मोडर्ना नेपालमा पनि आउँछ।'

उनले कोरोना सङ्क्रमण बढ्न नदिन सबैले सावधानी अपनाउनुपर्ने पनि बताइन्।

कात्तिक १५, २०७८ सोमबार १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।